चितवन । उद्योग वाणिज्य संघ, चितवनद्धारा चितवनको गाउंँपालिकाकालाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।आज उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले गाउंँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासु सापकोटालाई पांँचवटा सिलिण्डर हस्तारण गरेका हुन् । चितवनको एकमात्र गाउंँपालिकालाई स्वास्थ्य सेवाको पहचुंँ पुरयाउन सिलिण्डर सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए । ‘चितवनको अधिकांश ठाउंँमा स्वास्थ्यसेवाको पहुंँच छ, सुविधासम्पन्न अस्पताल को पहुंँच पनि छ , उनले भने, कोभिडका विरामीले पहाडी जिल्लामा अक्सिजनको अभाव खेप्न नपरोस भन्ने हाम्रो अपेक्षा हो ।’
हालको लागि एकलाख बराबरको सिलिण्डर सहयोग गरेपनि आवश्यक परे पुनः सहयोग गरिने श्रेष्ठले बताए । गाउंँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्गले गाउँपालिकाको नागरिकको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको दायित्व र कर्तव्य भएकोले कोरोना अस्पताल निर्माण गरी तयारी अवस्थामा रहन अक्सिजन सिलिण्डर आवश्यक परेको बताइन् ।‘ हामीसंँग ७वटा सिलिण्डर थियो, अटो मेकानिकल संघ, चितवनले १० सहयोग गर्नुभयो। आज उवासंघ चितवनले सहयोग गरयो । उनले भनिन , हामी नीजि क्षेत्र र दातृनिकाय संँग सहकार्य गरेर कोरोना नियन्त्रणमा अघि बढ्न चाहन्छौं । यस्ता निकायहरुको सहयोगको सधै स्वागत गर्छौं । ’
इच्छाकामना गाउंँपालिकाका विरामीहरुको लागि भरतपुर, मलेखु तथा काठमाडौं लैजान ढिला हुने भन्दै गुरुङ्गले अक्सिजन अभावमा नागरिकले ज्यान गुमाउन नपरोस भन्ने हेतुले सिलिण्डर संकलन गरिएको बताइन् । गाउंँपालिकाले हाल कार्यालय परिषरमै १९ शैयाको अस्पताल निर्माण गरेको छ र आबश्यकता अनुसार सो अस्पतालमा ६० शैयासम्म पुरयाउने क्षमता रहेको उनले जानकारी दिइन।