भरतपुर । पछिल्लो २४ घन्टामा चितवनमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा १४ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा १० जना, राप्ती नगरपालिका १ जना,खैरेनी नगरपालिकामा २ जना, रत्ननगर नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । शुक्रबार सक्रिय संक्रमितको संख्या १८० पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ८८६ पुगेको छ । २६ हजार २७६ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३० पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।