भरतपुर । पछिल्लो २४ घन्टामा चितवनमा १२ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा १८ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा १० जना, माडी नगरपालिका १ जना,कालिका नगरपालिकामा १ जना, रत्ननगर नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । बिहिबार सक्रिय संक्रमितको संख्या १८१ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ८७२ पुगेको छ । २६ हजार २६२ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।