चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन हुने स्थान नारायणगढको नारायणी नदी किनारलाई व्यवस्थित पार्ने काम भइरहेको छ ।
एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार उद्घाटन हुने स्थान नारायणी नदीकिनारमा भएका खाल्डाखुल्डी पुर्नेदेखि सम्याउसम्मका कामहरु भइरहेको छन् । व्यवस्थित पार्ने काम भइरहेको छ । निर्माण कार्य भइरहेको छ । डोजर र ट्याक्टरको प्रयोग गरी उद्घाटन स्थल नदीकिनारमा भएका ढुंगा, गेगरहरु हटाइएको छ । खाल्डाखुल्डी पर्ने काम भइरहेको छ । ठाउँलाई फराकिलो पार्ने काम भइरहेको छ । महाधिवेशनको उद्घाटन शत्रमा पाँच लाख जनता उतार्ने एमालेले दावी गरेको छ ।