चितवन । भरतपुर १० मा नेकपा (एकीकृत समाजवादी) पार्टीको युवा कमिटी गठन गरिएको छ । बुधवार बसेको युवाहरुको भेलाले ५१ सदस्यीय कमिटी गठन भएको हो ।
युवा कमिटीको अध्यक्षमा महेश सुवेदी, बरिष्ठ उपाध्यक्षमा अमिर थापा, उपाध्यक्षमा पुरुषोत्तम सुवेदी, सचिवमा नितेश सापकोटा, सहसचिवमा सजिता तामाङ र खुसमाया काउचा रहेका छन् ।
पार्टीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने (लब्ली)को प्रमुख आतिथ्यतामा र वडा कमिटी अध्यक्ष बासुदेव घिमिरेको अध्यक्षतामा उक्त भेला
भएको थियो । आजको भेलाले २६ सदस्यीयको टुंगो लगाएको र वाँकी विस्तार गर्दै जाने जनाइएको छ ।
नयाँ पार्टी भएकाले पाँच दलीय गठवन्धनलाई यथावत राख्दै जिल्ला देखि केन्द्रसम्म निर्वाचनमा सहभागी भई आफ्नो वर्चस्व बढाउने योजनामा पार्टी रहेको कार्यक्रमका प्रमुख अतिथि न्यौपानेको भनाई रहेको थियो ।