चितवन । वाइ–वाइ यु–१९ बागमति प्रदेश छनौट प्रतियोगितामा चितवन फाइनलमा प्रवेश गरेको छ । नुवाकोटलाई १८ रनले पराजित गर्दै चितवनले यु–१९ बागमति प्रदेश छनौट प्रतियोगिताको फाइनलमा आफनो स्थान पक्का गरेको हो ।
आज काठमाडौंको मुलपानि क्रिकेट रंगशालामा भएको खेलमा चितवनले टस जितेर ब्याटिङ गर्दै ९ विकेटको क्षेतिमा २३४ रनको योगफल तयार गरेको थियो । २३५ रनको विजय लक्ष पाएको नुवाकोटले लक्ष्य पछयाउने क्रममा ७ विकेट गुमाएर पुरै ओभर खेल्दै २१६ रन बनायो ।
नुवाकोटका आयुष बस्नेतले ४७ रन जोड्दै ३ विकेट हात पारे। त्यस्तै नुवाकोटका अर्का खेलाडी अशोक पौडेलले ८२ रन जोडे पनि त्यो जितकालागी त्यो पर्याप्त हुन सकेन ।
त्यस्तै, ब्याटिङ तर्फ चितवनका सुजन चापागाईँले ५६ रन जोडे भने प्रशान्त महतले ३१ र रोविन तिम्लिसिनाले २५रन बनाए । चितवनका लागि बलिङ गर्दै महतले ३ विकेट हात पारे भने, चितवनका कप्तान गौतम केसी र प्रतिक श्रेष्ठले सम्मान १ विकेट बाडेँ ।
चितवन खेलमा विजय भएतापनि म्यान अफ द म्याद भने सो खेलका सर्वाधिक रनकर्ता नुवाकोटका अशोक पौडेल घोषित भए ।
चितवनले भोली फाइनल खेल ललितपुरसँग खेल्दै छ । यस अघिको खेलमा ललिपुरलाई नै ६० रनले पराजित गर्दै चितवनले सेमिफाइनलमा समुह विजेता बन्दै स्थान बनाएको थियो ।