हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-९ मा बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
गएराति हेटौंडाबाट रातोमाटे जाँदै गरेको ना ३४ प ६०४४ नंबरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ११९३ नंबरको बोलेरोले ठक्कर दिँदा मोटरसाईकल चालक मकवानपुरका कैलाश गाउँपालिका वडा नंबर ४ कालिकाटारका अन्दाजी २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका रिजालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।