हेटौंडा । मकवानपुरको हेटौंडा-९ पशुपतिनगरको हनुमान गेट नजिक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
गएराति हेटौंडाबाट रातोमाटे जाँदै गरेको ना ३४ प ६०४४ नंबरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ११९३ नंबरको बोलेरोले ठक्कर दिँदा मोटरसाईकल चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ४ कालिकाटारका अन्दाजी २४ वर्षीय अविरल रिजालको मृतयु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाईते भएका रिजालको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको छ ।