चितवन । वाइ–वाइ यु–१९ बागमति प्रदेश छनौट प्रतियोगितामा चितवनले दोस्रो जित निकालेको छ । जितसँगै चितवन समुहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनले आफनो दोस्रो खेलमा ललितपुरलाई ६० रनले पराजित गरेको हो ।
आज काठमाडौंको मुलपानि क्रिकेट रंगशालामा भएको उक्त खेलमा चितवनले टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले पुरै ओभर खेल्दै ७ विकेटको क्षेतिमा १९५ रन जोडेको थियो । चितवनले दिएको १९६ रनको विजयी लक्ष्य पछयाउने क्रममा ललितपुर १३५ रनमा अलआउट हुन पुग्यो ।
चितवनले फराकिलो जित निकालेको खेलमा चितवनका प्रतिक श्रेष्ठ म्यान अफ द म्याच चयन भए । श्रेष्ठले, ५१ बलको मद्दतमा टिमकालागि ६७ रनको योगदान दिए । त्यस्तै, चितवनका लागि सूयान्सु कोइरालाले ५३ रनको र रोविन तिम्लिसिनाले ३७ रन जोडे ।
बलिङ तर्फ चितवनका मनिष पुनले ७ ओभरमा ४० रन खर्चेर ४ विकेट लिए भने, प्रतिक श्रेष्ठ र प्रशान्त महतले सम्मान २ विकेट हात पारे ।
त्यस्त,ै ललितपुरका लागि रोनिम तिवारीले ३४ र दुर्गेस थापाले २६ रन जाडे पनि जितकालागी त्यो पर्याप्त हुन सकेन । ललितपुरका बलर यूनिस थापा र सौरभ श्रेष्ठले ललितपुरका लागि सम्मान २ विकेट लिए ।
यो चितवनको दोस्रो जित हो । यस अघिको खेलमा चितवनले काठमाडौंलाई २ रनले पराजित गरेको थियो ।