भरतपुर । पछिल्लो २४ घन्टामा चितवनमा १७ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा ११ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा १० जना, राप्ती नगरपालिका २ जना, खैरहनी नगरपालिकामा १ जना, रत्ननगर नगरपालिकामा ३ जना, कालिका नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । मंगलबार सक्रिय संक्रमितको संख्या २१८ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ८४७ पुगेको छ । २६ हजार २०० जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।