काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ०६ पैसा र बिक्री दर १३६ रुपैयाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४४ पैसा र बिक्री दर १६० रुपैयाँ २४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १५ पैसा र बिक्री दर १२९ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५० पैसा र बिक्री दर ८७ रुपैयाँ ९४ पैसा छ ।
क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९५ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ४४ पैसा र बिक्री दर १० रुपैयाँ ४९ पैसा छ । त्यस्तै, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।
साउदी अरेबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ७० पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९७ पैसा र बिक्री दर २८ रुपैयाँ ७१ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सूचीमा उल्लेख छ ।