चितवन । वाइ–वाइ यु–१९ बागमति प्रदेश छनौट प्रतियोगितामा चितवनले विजयी यात्रा सुरु गरेको छ । चितवनले आफनो पहिलो खेलमा काठमाडौंलाई २ रनले पराजित गरेको हो ।
आज काठमाडौंको मुलपानि क्रिकेट रंगशालामा भएको उक्त खेलमा चितवनले टस जितेर दिएको २३३ रनको विजयी लक्ष्य पछयाउने क्रममा काठमाडौंले पुरै ओभर खेल्दै मात्र २३० रन बनायो ।
अन्तिम ओभर सम्म पुगेको रोमाञ्चक खेलको नायक भने चितवनका विशाल यादव बने उनले ८ ओभर बलिङ गर्दै ३१ रन दिएर ४ विकेट लिन सफल भए । त्यस्तै खेलका म्यान अफ द म्याच चयन भएका यादवले आफनो ब्याट मार्फत चितवनलाई १५ बलको मदतमा २१ रनको योगदान पनि दिए । त्यस्तै चितवनकालागि सोपनिल अधिकारीले ६७ रन र अजित भण्डारीले ५७ रन जोडे ।
बलिङ तर्फ चितवनका बलर विशाल यादवले ४, क्रिजन र प्रतिकले सम्मान १ विकेट हात पारे ।
काठमाडौंका खेलाडी विपिन शानीले ८२ र उत्तम थापा मगरले ५८ रन र बलिङ तर्फ बलर कौशल रुपाखेतीले ४ विकेट लिए पनि त्यो काठमाडौंको जितकालागी पर्याप्त हुन सकेन ।