चितवन । चितवन मेडिकल कलेज अगाडी होटलको पेटिका एक जना वेवारिसे शव फेला परेको छ ।
अन्दाजी ४० बर्षे पुरुषको शव आज विहान करिब ८ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वेवारिस शवको हाल सम्म कुनै पहिचान खुल्न सकेको छैन ।
त्यस्तै, विहान टिकौली जंगलमा भेटिएको शवको पहिचान खुलेको छ । शव मकवानपुरका ६३ वर्षका ज्ञान बहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । परिवारका सदस्यले शव फेला परेको स्थलमै .पुगेर शवको पहिचान गरे पछि मृतकको पहिचान खुलेको हो ।