चितवन। चितवनमा मधुमेहका विरामीको दर १४ प्रतिशत रहेको पाइएको छ । भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टको समन्वयमा एनपीएएल समाज सहितको टिमले भरतपुर महानगरको वडा नम्बर ९ मा रहेका पाँच हजार ४५ जना जनसंख्यामा गरिएको सर्वेक्षण अनुसार १४ प्रतिशत मधुमेहका विरामी भेटिएका हुन् ।
‘हामीले न शहर न गाउंँजस्तो वडा छनौट गरी सर्वेक्षण गर्दा १४ प्रतिशतमा मधुमेह, २१ प्रतिशत उच्च रक्तचाप , सामान्य मोटोपन २३ प्रतिशत र उच्च मोटोपन ३७ प्रतिशत भएको पाईयो ।’ भट्टले भने ।
सो अवसरमा बोल्दै अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर प्रकाश खतिवडाले चितवन बसाईसराइको हब भएकोले मधुमेहका विरामी पनि अन्य जिल्ला भन्दा बढी भएको बताए । ‘समाज, समुदाय घुलमिल भयो । गाउंँ र गाउंँबाट आउने मानिसहरुको पनि विलासी जीवनशैली देखियो ।’ उनले भने । एशियामा मधुमेहको राजधानी भारत भएको र यसको सिधा असर नेपालमा परेको खतिवडाले बताए । उनका अनुसार इन्सुलिनको सहज पहुंँच विरामी नपुगेको कारण मधुमेहका विरामीको दर बढ्दै गएको हो ।
मधुमेहको असर बढ्न नदिन दैनिक रुपमा सादा खानपान खानुपर्ने, आधुनिक जीवनशैली त्याग्नुपर्ने , तनाव लिन नहुने , शारिरीक व्यायम एकदम जरुरी छ ।