रसुवा। नेपाली कांग्रेस रसुवाका तृत्व चयन गर्न निर्देशन दिइएको उनले बताए । ‘सबै वडामा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइसकेको छु,’ अहिलेसम्मको अवस्था अनुसार निर्वाचन हुने देखिएको छैन,’ उनले भने ।
वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समावेश गरिने भएसँगै विवाद समाधान भएको थियो ।
निर्वाचन अधिकृत सुमनकुमार केसीका अनुसार ३ हजार ८ सय ५७ जनाको नामावली यसअघि नै प्रकाशित भइसकेको छ । शुक्रबार जिल्ला कार्यसमितिको बैठकले ३१ जनाको नाम थप गरेको छ । नाम काटिएका भनिएका ८१ जनाको नामावली पनि केन्द्रिय निर्वाचन समितिबाट प्राप्त भएको छ ।
‘केन्द्रीय निर्वाचन समितिबाट जिल्ला कार्यसमितिको बैठकले थप गरेको ३१ जनाको र अर्को लिस्टमा ८१ जनाको आधिकारिक रुपमा नाम आएको छ, केसीले भने, थपिएका उहाँहरु अधिवेशनमा सहभागि हुन पाउने नपाउने भन्ने बारे छलफल गरिरहेको छु, केही समयमा थाहा हुन्छ ।’