चितवन । चितवनमा शनिवार मात्रै ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो । यो संख्या अहिलेसम्मकै उच्च हो ।
जसमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चितवनका अस्पतालहरुमा १६४ जना र घरमा दुई हजार १४३ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म जिल्लामा ९ हजार ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७ हजार ४० जना निको भइसकेका छन् ।
तेस्तै चितवनमा शनिवार(आज) १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, जिल्लाका विभिन्न अस्पतालमा उपचारत र होम आईसोलेसनमा गरि पछिल्लो २४ घण्टाभित्र १४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६ जना चितवन बाहिरका रहेका छन् । शनिवार मात्रै भरतपुर अस्पतालमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै पुरानो मेडिकल कलेजमा ३, चितवन मेडिकल कलेजमा २ र बीपी कोइराला क्यान्सर अस्पतालमा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । राप्ती र माडी नगरपालिकामा पनि एक एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।