चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर महानगर कमिटीको पदाधिकारीको टुङ्गो लगाउन नेकपा एमाले शीर्ष नेताहरु यतिबेला छलफलमा जुटिरहेका छन् । ११७ सदस्सीय कमिटी रहेको महानगरमा उपाध्यक्ष र एक उपसचिव भने हालसम्म खाली रहेको छ ।
एमाले चितवनले उपसचिव र उपाध्यक्ष टुङ्गो लगाउन शीर्ष नेताहरुबीच छलफल भइरहेको जनाएको छ । उपसचिव र उपाध्यक्षको टुङ्गो लगाएपछि एमाले पदाधिकारी चयनको काम सकिने र आजै सपथको कार्यक्रम पनि पूरा गर्ने एमाले चितवन जिल्ला कमिटीले जनाएको छ ।
बुधबार नै भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सचिवमा टिकाराम सुवेदी चयन भएका छन् । उपसचिवमा निशा अधिकारी चयन भएकी छन्।