चितवन । चितवनमा वर्सेनि मौरीको चरन क्षेत्रफल खुम्चिदै गएको छ । व्यावसायिक मौरी किसान वृृद्धि हुंँदै जानु र चरन क्षेत्र प्रशस्त नहुंँदा मौरी किसान मारमा परेका छन् । मौरीपालनतर्फ किसानहरुको आकर्षण बढे पनि मौरीपालनका लागि चिउरी, तोरी, रुदिलोलगायतका बोटविरुवा कम हुंँदा चितवनका किसानले अन्य जिल्लामा लगेर मौरी चराउनु पर्ने बाध्यता छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरी किसान विष्णु भुषाल चरन अभावका कारण केही वर्ष अघिदेखि मौरी दाङ्ग, प्युठान, सर्लाही, महोत्तरी जिल्लाहरुमा लगेर चराउंँदै आएको बताउंँछन् । ‘चितवनमा चरन प्रशस्त छैन । अहिले डेढसय गोला लिएर दाङ आएको छु’ उनले भने, ‘चितवनमा ६० गोला छाडेर आएको छु ।’ गत वर्षभन्दा यस वर्ष मौसम, मह उत्पादनमा केही सुधार हुने भए पनि चरनको अभाव सास्ती खेप्नु परेको उनले बताए ।
‘गोलालाई गाडीमा राखेर बचाएर दाङ ल्याउनुपर्छ, फेरि केही समयपछि चितवन नै फर्किनुपर्छ’ उनले भने । अहिले चितवनमा चिउरी पनि नफुलेको र भर्खर धान काटेर तोरी लगाउने बेला भएकोले चरनको चरम अभाव भएको उनको भनाइ छ । रत्ननगर नगरपालिका वडा नम्बर १५ का मौरी किसान रोशन पण्डित चरनकै अभावका कारण महको उत्पादन पनि घट्ने बताउंँछन् । ‘मौरी किसानको संख्या र गोलाको संख्या बढेको छ । चरन वर्षेनि घट्दो छ ।’
चितवनको मौसमको भर नहुने र नियमित हावा पानी आउने भएकोले चरन अभाव हुने उनले बताए । ‘अहिले चितवनको मौसम राम्रो छैन । नियमित पानीजस्तै परेको छ’ उनले भने, ‘दाङ्गतिर यो समय चिउरी र तोरी राम्रैसंँग फुलेकोले चराउन लग्नुपर्ने बाध्यता छ ।’ पछिल्लो समय चितवन लगायत प्युठान, रोल्पालगायतका मौरी किसानहरुले दाङ जिल्लामा मौरी चराउन ल्याएका कारण त्यहाँ पनि चरन अभाव हुन थालेको घोराही नगरपालिका वडा नम्बर ४ का मौरी किसान गोपीचन्द्र न्यौपाने बताउंँछन् ।
‘अहिले हाम्रै जिल्लामा मौरी किसान बढेका छन् । यसमाथि चितवन, प्यूठान, रोल्पाबाट पनि मौरी ल्याउनुभएको छ, उनले भने, ‘मौरीको गोला धेरै भएकोले चरन अभाव भयो ।’ चरन अभाव भएका कारण उत्पादनमा समेत ह्रास आउने उनले बताए । ‘अहिले मौरीले प्रशस्त रस चुस्न पाएका छैन’ उनले भने, ‘मेरोमा यसपटिक उत्पादन ५० प्रतिशत मह उत्पादन घट्छ ।’
‘अहिले तराईका जिल्लामा चिउरी चाडैं फुल्न थालेको छ, उनले भने, ‘गतसाल भन्दा यस वर्ष २० प्रतिशतले बढ्ने लक्षण देखिएको छ ।’ मौरी किसान बढेपनि जग्गा खण्डीकरण, वनजंगल मासिनु, रानी मौरीको गुणस्तरमा ह्रास र अव्यवस्थित विषादीको प्रयोगका कारण किसान र गोलाको संख्या बढे पनि मह उत्पादनमा भने ह्रास आएको उनको भनाइ छ ।
मंसिरबाट दाङलगायतका जिल्लाहरुमा मह काढ्न सुुरु गरिनेछ । उनका अनुसार आर्थिक वर्ष ०७५-०७६ मा देशभर ३५ हजार मेट्रिक टन मह उत्पादन भएको थियो तर पछिल्लो वर्ष यो परिमाण घटेर वार्षिक एक हजार पांँच सय मेट्रिक टनसम्म उत्पादन भएको थियो । यस वर्ष देशभर तीन हजार मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको छ ।
चितवनमा हाल व्यावसायिक किसानको संख्या सांढे पांँचसयको हाराहारीमा छन् भने यहांँ ३५ हजार मौरीको गोला रहेका छन् । यसैगरी देशभर ११ हजार मौरी किसान रहेका छन् भने १ लाखभन्दा बढी गोलाबाट मह उत्पादन हुंँदै आएको छ । नेपालमा मेलिफेरा र सेरेना जातको मौरीबाट मह उत्पादन हुंँदै आएको छ ।