चितवन। चितवनमा आज कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा एक,माडीमा एक,पुरानो मेडिकल कलेजमा ३ र चितवन मेडिकल कलेजमा २ गरि ७ जनाको मृत्यु भएको हो। कालिका नगरपालिका ६१ वर्षीय पुरुषको आज उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमित भइ २१ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आज नै कोभिड आइसियुमा राखि भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो । तर उपचारकै क्रममा उनको बिहान ११:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै माडी नगरपालिका ६ कल्याणपुर निवासी ६१ बर्षकी एक बृद्ध महिला कोरोनाको कारण मृत्यु भएको हो ।उहाँ पछिल्लो समय पर्साको ठोरीमा रहनु भएको उहालाई स्वास्थ्यमा समस्या देखिएसंगै उपचारका लागि परिवारले ठोरीबाट सिधै बसन्तपुरस्थित बघौंडा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।अस्पतालमा एन्टीजेन टेस्ट गर्दा मृतकमा कोरोना पोजेटिभ देखिएको थियो ।
यता पुरानो मेडिकल कलेजमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धाको मृत्यु भएको हो । निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु भएको हो ।
यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका–९ का ३४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको आज बिहान ४ः०० बजे मृत्यु भएको हो । उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–१ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः१० बजे मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ५८ वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई यही वैशाख १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गएराति १२ः४० बजे मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै सोही मेडिकल कलेजमा उपचारका क्रममा कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–९ की ५३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको आज बिहान ६ः०० बजे मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरेको केही समयमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।