जनकपुरधाम । सिरहाकी ४ बर्षीय बालिकासँग जबर्जस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।
सोमबार साँझ सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित आँपको बगैंचामा ४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ६ बस्ने २० बर्षीय शेष कुमार महतो छन् ।
पक्राउ परेका महतोलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।