भरतपुर । चितवन मेडिकल कलेजमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले दिएको विवरणअनुसार आज मकवानपुरका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनमा हालसम्म कोरोना संक्रमितको संख्या २६ हजार ७३६ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२८ पुगेको छ । निको हुनेको संख्या २६ हजार ३३ पुगेको छ ।