सप्तरी। देहातमा गाईवस्तु पाल्ने सबैले आ आफ्नो गोठमा विभिन्न देवी देवताको आकृति बनाई गोबर्धन पुजा गरेका छन्। देहातमा वर्षौंदेखि लक्ष्मी पुजाको भोली पल्ट गाई भैंसी बाध्ने गोठमा गोबर्धन पुजा गर्ने चलन रहेको राजबिराज ९ कि बिमला देवी यादवले बताईन्।
तराई मधेसमा गोबर्धन पुजा मनाउने छुट्टै परम्परा छ । गौ रक्षा एवं पर्यावरण संरक्षणको प्रतिकको रूपमा गोवर्धन पूजा गर्ने जनविश्वास छ।
गाईवस्तु पाल्ने सबैले आ आफ्नो गोठमा अनिवार्य रूपमा गोबर्धन पुजा गर्दै आएका छन्।