चितवन । चितवनका पत्रकार तथा उपन्यास ‘मोसो’का लेखक सूर्यप्रकाश कँडेल सम्मानित भएका छन् । पत्रकार कँडेललाई चिसाप लीला–नर्मदा साहित्य पुरस्कारबाट सम्मानित गरिएको हो ।
पत्रकारिता क्षेत्रमा देखिएको बेथितिहरु उपन्यास मोसोमा लेखक कँडेलले उतारेका छन् । चितवन साहित्य परिषद् भवन नारायणगढमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदी, केदारनाथ खनाल र परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले पुरस्कृत कँडेललाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेका थिए ।
चिसाप लीला–नर्मदा साहित्य पुरस्कारको स्थापना बालकुमारी माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक एवं कवि सरस्वती रिजालले बुबा लीलानाथ तिमिल्सिना र आमा नर्मदादेवीको नाममा स्थापना गरेकी हुन् । पुरस्कार राशि १५,०४५ रुपैयाँ रहेको छ ।