भरतपुर । कालिका ८ गैरीवारी कैलाश कप सेभेन ए साइडको बिजेता बनेको छ। आज सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा ब्रदर्स फुटसल एरेना क्षेत्रपुरलाई टाईब्रेकरमा २-१ ले पराजित गर्दै गैरीवारीले उपाधि जितेको हो ।
त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । पहिलो हाफको चौथो मिनेटमा नै गैरीवारीले अग्रता लिएको थियो । गैरीवारीका मनिश तामाङले फ्री किकमा सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको क्षेत्रपुरले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहदा क्षेत्रपुरले बराबरी गोल फर्कायो । क्षेत्रपुरका प्रविण लिम्बुले गोल गरे । खेलको म्यान अफ दि म्याच गैरीवारीका मनिश तामाङ घोषित भए ।
उपाधि बिजेता गैरीवारीले ४२ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेतामा सीमित क्षेत्रपुरले २२ हजारमा चित्त बुझाएको छ । कैलाश युथ क्लब भरतपुर ११ को आयोजनामा सम्पन्न प्रतियोगितामा ३२ टोली सहभागी थिए ।