काठमाडौँ। बेलायतको ग्लास्गोमा जारी जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२६) मा सहभागी भइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) भारतका समकक्षी नेरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने भएका छन्।
सम्मेलनमा सहभागी भइरहँदा हिजै (सोमबार) जम्काभेट भइसकेका यी दुई प्रधानमन्त्रीबीच आज ‘साइडलाइन’ वार्ता हुने भएको हो।
असार २९ गते पाँचाैँपटक प्रधानमन्त्री बनेयता देउवाले भारतका प्रधानमन्त्री माेदीलाई पहिलोपटक भेट्न लागेका हुन्। कांग्रेसकाे सभापतिमा दोहोरिन तयार देउवा भारत सरकार तथा भारतीय जनता पार्टीसँग सम्बन्ध सुधार्ने प्रयासमा छन्।
देउवाले अघिल्लो महिना पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई दूतका रुपमा भारत पठाएका थिए। महतले प्रधानमन्त्री देउवाले चाँडै भारत भ्रमण गर्ने संकेत गरेका छन्।