काठमाडौँ। स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर सर्जियो एग्युरोले तीन महिना फुटबल खेल्न नसक्ने भएका छन्।
बार्सिलोनाका अनुसार शनिबारको खेलमा छातीमा चोट लागेसँगै उनले तीन महिना खेल्न नसक्ने भएका हुन्। एग्युरो अहिले उपचारको क्रममा छन्।
अबको तीन महिनाको अवधिमा उपचारको प्रभावकारिताको मूल्यांकन गरी स्वास्थ्य अवस्था कस्तो हुनेछ भन्ने निर्णय गरिनेछ।
सामाजिक सञ्जालमा एग्युरोले आफूमा निको हुने मनोबल उच्च रहेको बताएका थिए।
यसअघि चोटको कारण लामो समय मैदानबाहिर रहेका एग्युरो चोटपछिको दोस्रो खेलमा नै घाइते भएका हुन्। ए
ग्युरो म्यानचेस्टर सिटीबाट दुई वर्षे सम्झौतामा बार्सिलोना आएका हुन्। म्यानचेस्टर सिटीमा रहँदा उनले ३९० खेलमा २६० गोल गरेका थिए।