चितवन । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल दक्षिणपन्थी प्रवृत्तिको प्रतिनिधि भएको आरोप लगाएका छन् ।
आज भरतपुर महानगर कमिटीको अधिवेशन उद्धघाटन गर्ने कार्यक्रममा बोल्दै उनले उनीहरुनै नेपालको लोकतन्त्र र स्वाधीनताको लागि चुनौति खडा गरेको बताए । ‘यो सरकार दक्षिणपन्थी बाट गठन भएको छ । यसले लोकतन्त्र र स्वाधीनतालाई खडा गरेको छ ।’ उनले भने । देश विदेशको शक्तिका कारण राजनीतिक अस्थिरताको चक्रव्युहमा धकेलिएको भन्दै उनले भने, प्रचण्ड र माधव दक्षिण पन्थी प्रवृत्तिको प्रतिनिधि भए ।
कांँग्रेसको स्थायी नीति र वुर्जुवा र पूंँजीपतिको नीतिनै हो । अबको एमालेको विजयको शुरुवात चितवनबाट शुरुवात भएको बताउंँदै उनले संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्ने बताए । दरिद्र र पुंँजीवादबाट समाजवाद नआउने भन्दै उनले पार्टीलाई पुर्ननिर्माण गर्नपनि विधान अधिवेशन गरिएको बताए ।
सो अवसरमा बोल्दै केन्द्रीय कमिटि सदस्य प्रभु शाहले अबको निर्वाचनमा प्रदेश नम्बर २ मा केपीमय हुने बताए । ‘सबै अटाउने ओली । हिमाल पहाड तराईमा एमालेको वर्चस्व हुन्छ ।’ उनले भने । आफूले केपी ओली रहेसम्म आफूले कहिल्यै साथ नछोड्ने समेत उनले बताए ।