भरतपुर । पछिल्लो २४ घन्टामा चितवनमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा २३ जना,रत्ननगर नगरपालिकामा ४ जना र कालिका नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । सोमबार सक्रिय संक्रमितको संख्या ३११ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ६७१ पुगेको छ । २५ हजार ९३३ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।