चितवन । चितवनका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति बिशेषका कारण नेकपा एमालेले चितवनमा अधिवेशन नराखेको बताएका छन । आज भरतपुरमा पत्रकारसंँगको जिज्ञासामा प्रचण्डलाई हराउनकै लागि महाधिवेशन नराखिएको दाबी गरे ।
नेकपा एमाले यत्रो ठूलो पार्टीले एउटा व्यक्ति बिषेशलाई टार्गेट गर्दैन उनले भने, देशनै बोकेर हिड्ने पार्टीले अन्य पार्टी बिशेषलाई हेर्दैन । यो डराएको र हतोत्साही मनोवृत्ति भएको कारण प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएको पाण्डेले बताए । ‘उहांँ आफै डराएको हो । डराउनुपर्ने म देख्दिन । ’उनले भने ।