काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ताहरूसँग भेटघाट र छलफल गरेका छन्।
बेलायतस्थित गैरआवासीय नेपाली र त्यहाँस्थित सांसदसँग छलफल गरेका कांग्रेस सभापति देउवाले शनिबार आफ्ना कार्यकर्तासँग पनि भलाकुसारी गरे।
शुक्रबार राति लण्डन देउवाले बेलायतमा रहेका नेपाली कांग्रेसका कार्यकर्तासँग भेटका क्रममा विदेशी राहदानी हुनेले नेपालको राजनीतिमा चासो नदिन आग्रह गरेका छन्।
नेपाली दूतावास लण्डनमा शनिबार बिहान नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा पुगेका कार्यकर्तालाई देउवाले करिब २० मिनेट भेटेर कुरा राखे
उनले कांग्रेस कार्यकर्ताहरूको भेलालाई सम्बोधनका विदेशी राहदानी बोकेर नेपाली राजनीति नगर्न सुझाव दिएका छन्।
‘जुन देशमा बस्नुभएको छ, त्यहीँको राजनीति गर्नुस्। बेकारमा नेपालको राजनीतिको पछि लागेर तनाव नलिनुस्’, देवाले भने।
उनले बेलायतमा रहेका नेपालीहरुलाई ब्रिटिस नागरिकले सम्मानसहित हेर्ने गरेको पनि बताए।
विश्वभरका नेपालीले राम्रो काम गरिरहेको बताउँदै देउवाले प्रशंसा गरे।
देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि त्यहाँ पुगेका हुन्।
उनले शनिबारै गैरआवासीय नेपाली संघका नेता कुल आचार्यसहितसँग भेट गरेका थिए। त्यस्तै बेलायतको संसदका तीन सांसदसँग पनि उनले छलफल गरे।