चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा घरबाट लगेको भाँडा प्रयोग गरेको बताएका छन् ।
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार चितवनमा प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद भएको बताएका थिए । उनले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’
तर एमाले अध्यक्ष ओलीले ओलीले यो विरोधीहरुले लगाएको आरोप मात्र भएको बताउँदै भने, ‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खातमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन्,’ ओलीले भने, ‘मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’ एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको तर्क छ ।