काठमाडौँ। मंसिरमा हुने नेकपा एमालेको महाधिवेशनमा उद्घाटनपछि सीधै निर्वाचन गरिने भएको छ।
मंसिर १०–१२ गतेसम्म मा चितवनमा सञ्चालन गरिने एमाले महाधिवेशनमा बन्द सत्र समारोह नगरी नेतृत्व चयन प्रक्रिया थालिने भएको हो।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले चितवनको नारायणी नदीको किनारमा महाधिवेशन उद्घाटन गर्ने र पर्यटकीय नगरी सौराहामा नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो।
यसअघि एमालेको चितवन जिल्ला कमिटीले बन्द सत्र पनि गर्न केन्द्रीय किमिटीमा प्रस्ताव पठाएको थियो।