चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्ड र रेनुलाई लखेट्ने भनेर चितवनका कांग्रेस सभापतिले किन बोले भनेर प्रश्न गरेका छन् । केही दिनअघि नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले पार्टीको कार्यक्रममा अब प्रचण्ड र रेनुलाई चितवनबाट लखेट्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
आज भरतपुरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसभन्दा ठूलो पार्टी माओवादी भएको बताए । उनले भने, ‘कांग्रेससँग अहिले २६ सिट छ, माओवादीसँग ३३ सिट छ ।’
अध्यक्ष प्रचण्डले मैले नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको बताउँदै झन् चितवनका कांग्रेसबाट धन्यवाद पाउनुपर्ने बताए । अध्यक्ष प्रचण्डले भने, ‘चार वर्षअघि मलाई प्रधानमन्त्री बनाउन देउवा आउनुभएको थियो, अहिले चार वर्षपछि मैले देउवालाई गठबन्धन बनाएर प्रधानमन्त्री बनाएँ । यसमा चितवनका कांग्रेस खुसी हुनुपर्ने हो, मैलै धन्यवाद पाउनुपर्ने हो ?