चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफूलाई सिध्याउन माडीमा राम, लक्ष्मण र सीता राखेका र बुटवलमा तय भएको महाधिवेसन चितवन ल्याएको आरोप लगाएका छन् ।
आज चितवनको भरतपुरमा भएको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले ओलीले चितवनमा महाधिवेशन गरेर आफूलाई फाइदा पुगेको बताए । उनले भने, ‘केपी मानसिक रुपमा हारिसके त्यही भएर प्रचण्डलाई ताकेर माडीमा राम, लक्ष्मण र सीता राखे । बुटवलको महाधिवेशन चितवन ल्याए ।’ उनले केपी ओली प्रवृत्तिसँग लड्न सकिने तर राम, लक्ष्मण र सीतासँग लड्न नसकिने बताए ।