चितवन । निषेधाज्ञाको चौंथो दिन आज चितवनमा सवारी साधनको चहलपहल बाक्लिएको छ । हिजोसम्म सुरक्षाकर्मीहरुले सवारी साधनलाई चेक गरेर अनावश्यक रुपमा हिँडेको पाइए होल्डमा राख्ने गरेका थिए ।
बैंकहरुमा सेवाग्राहीहरु सेवा लिनका लागि लाइन लागेको देख्न सकिन्छ । इन्टरनेट लगायत अत्यावश्यक सामग्री बोकेका मालबहाक सवारी साधन र एम्बुलेन्सहरु पनि सञ्चालनमा छन् ।
दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गते राती १२ बजेदेखि बैशाख ३१ राती १२ बजेसम्मको लागि जिल्लामा निषेधाज्ञा छ । हिजो निषेधाज्ञा उल्लघंन गर्ने ६२७ सवारी साधन र एक हजार ९९० जना पैदल यात्रीलाई कारबाही गरिएको थियो । आज भने निषेधाज्ञा तोड्ने बढेका छन् भने सुरक्षा निकाय मुक दर्शक बनेको देखिएको छ।