भरतपुर । पछिल्लो २४ घन्टामा चितवनमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा १२ जना , रत्ननगर नगरपालिकामा ४ जना र कालिका नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । बिहिबार सक्रिय संक्रमितको संख्या २९५ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ५८२ पुगेको छ । २५ हजार ८६० जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।