चितवन । चालु आर्थिक बर्ष ७८-७९ को तीन महिनाको अवधिमा चितवनमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या भन्दा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार साउनदेखि असोजसम्मको अवधिमा ४२ जनाले भुण्डिएर आत्महत्या गरेका थिए । ती मध्ये २४ जना पुरुष, १७ जना महिला र १ जना बालकले आत्महत्या गरेको तथ्यांक छ । यस्तै विष सेवन गरी ९ जनाले आत्महत्या गरेका छन् ती मध्ये ६ जना पुरुष र ३ जना महिला रहेका छन । तर चालु आवको तीन महिनाको अवधिमा सवारी दुर्घटनाबाट भने ३८ जना मृत्यु भएको तथ्यांक छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले अधिकांश आत्महत्या पारिवारिक, आर्थिक कारण रहेको बताउंँछन । ‘यहांँ भएका मध्ये सबैजसो घटना पारिवारिक र आर्थिक कारण नै भएको देखिएको छ , अधिकारीले भने, लागुऔषध प्रयोगकर्ता र दीर्घरोगीहरुले समेत आत्महत्या गर्ने क्रम बढ्दो छ ।’ तर मानवशास्त्रीको तर्क भने केही फरक छ ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका समाशास्त्र तथा मानवशास्त्रका विभागीय प्रमुख समाजशास्त्री केशवराज सापकोटाले आत्महत्या गर्नेले बांँचेर कुनै अर्थ नदेखेपछि अन्ततः आत्महत्या रोज्ने गरेको बताउंँछन । ‘आत्महत्या भनेको कमिटेड क्राइम हो, उनले भने उसले आत्महत्या गर्दा या गरेपछिको नतिजा केही हेर्दैन । उसले म जसरी पनि मर्छुनै भन्छ ।’ उनका अनुसार नेपालको आर्थिक,सामाजिक , सांस्कृतिक संरचना र प्रणालीले गर्दा पनि आत्महत्याका घटना बढी हुने गर्दछन ।
आत्महत्या गर्ने मुख्य कारण आर्थिक कारण भएपनि सहायक कारणमा सामाजमा आफ्नो स्थान र मुल्यांकन नहुंँदा आत्महत्या गर्ने गरेको उनले बताए । ‘आफूमा अहमवादी सोचाई हुने तर सोसाईटीले उसलाई स्वीकार नगर्ने , जसले गर्दा उ विस्तारै आइसोलेटेड हुन्छ र आत्महत्याको विकल्पनै रोज्छ’ उनले भने । झुण्डिएर आत्महत्या गर्नुको कारण मृत्यु चांँडै र शतप्रतिशत सफल, अन्य आत्महत्या भन्दा सजिलो र स्थान विशेष सहज हुने हुनाले पनि झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी भएको उनको तर्क छ । चितवनमा सबै घटना, दुर्घटना, सवारी दुर्घटना गरी दैनिक दुईजनाको हाराहारीमा मृत्यु हुने गरेको तथ्यांँक छ ।
तीन महिनाको तथ्यांक अनुसार तीन महिनामा सबै घटना, दुर्घटना गरी १७० जनाले ज्यान गुमाएका छन । जसअनुसार ३८ जनाले सवारी दुर्घटनाबाट, ५१ जनाद्वारा आत्महत्या, फुटकर मृत्यु ४५ जना र भवितव्य मृत्यु ३६ जना रहेका छन । यसमध्ये ९५ जना पुरुष ३९ जना महिला , पांँच बालक र एक बालिका रहेकी छिन ।
पुरुषकै बढी मृत्यु
यी सबै घटना, दुर्घटनाबाट मृत्यु हुनेमा पुरुषकै बढी मृत्यु हुने गरेको पाइएको छ । कार्यालयका अनुसार फुटकर मृत्यु मध्ये पनि बढी पुरुषकै संख्या बढी रहेको छ । जसअनुसार ३७ जना पुरुष र ७ जना महिला रहेका छन । यस्तै भवितव्य ज्यान गुमाउने संख्या पनि ३६ जना मध्ये २८ जना ४ जना पुरुष र ४ जना बालक रहेका छन ।
नेपाली समाज पुरुष प्रधान सोच र पुरुषकै सक्रियता बढी हुने हरेक किसिमको दबाब र सामना पुरुषको नै बढी हुनाले मुत्युको अनुपात पनि पुरुषकै बढी हुने समाजशास्त्री सापकोटाको भनाई छ । ‘विकसित देशमा आत्महत्या गर्नेमा महिलाको संख्या धेरै छ, हाम्रो जस्तो देशमा पुरुषले बढी गरेको पाईन्छ’ उनले भने ।
महिलाको भन्दा बढी आर्थिक ,सामाजिक भार बढी पुरुषमानै पर्ने र महिलालाई त्यति भार नपर्ने भएका कारण पुरुषहरु आत्महत्याको शिकार बन्ने गरेको सापकोटाले बताए ।