मकवानपुर । चितवनका शीर्ष नेताको रुपमा चिनिएका नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनालले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
स्रोतका अनुसार नेता खनालले आज सवा ३ बजे सपथ लिने तयारी गरिरहेका छन् । खनाल यसअघि पनि बागमती प्रदेशमा सामाजिक विकास मन्त्री बनिसकेका नेता हुन् । बागमती प्रदेशमा आज एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । मुख्यमन्त्री पाण्डेसहित नेता कृष्ण खनालले पनि आज सपथ लिँदैछन् ।
प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनाल मन्त्री बन्न लागेका हुन् । स्रोतका अनुसार अन्यको हकमा के मन्त्रालय भागमा पर्छ भन्ने निश्चित छैन ।