मकवानपुर । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ ।
आज नयाँ मुख्यमन्त्री एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्दैछन् । आज दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । उनले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्नको लागि दावी प्रस्तुत गरिसकेका छन् ।
उनको सपथ ग्रहण पनि आजै हुनेछ । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् ।
पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ ।