चितवन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा चितवनका शीर्ष नेता कृष्ण खनाल बागमती प्रदेशमा फेरि मन्त्री बन्ने भएका छन् ।
उनी निकट स्रोतका अनुसार कृष्ण खनालले भोलि (बिहीबार) मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग सपथ लिने तयारी गरिरहेका छन्। नेता खनालले कुन मन्त्रालय पाउँछन् भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको स्रोतको भनाइ छ । नेता खनाल यसअघि पनि बागमती प्रदेशका सामाजिक विकास मन्त्री भइसकेका छन् ।