चितवन । चितवनमा तीन महिनाको अवधिमा सबै प्रकारका उद्योग गरी ७८३ वटा नयांँ उद्योग दर्ता भएका छन् । कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । सो अवधिमा ५८८ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका थिए । यस्तै सो अवधिमा १३३ वटा सेवामुलक उद्योग , उत्पादनमुलक उद्योग ८८ वटा र पर्यटन मुलक उद्योग ८ वटा दर्ता भएको तथ्यांक छ ।
उर्जामुलक उद्योग, खनिजजन्य उद्योग,निर्माणमुलक उद्योग र विज्ञान तथा सूचनाप्रविधि उद्योग भने दर्ता भएका छैनन । कार्यालयका प्रमुख यादवनाथ आचार्यले चितवन कृषि तथा पशुपालन उद्योग गर्न उर्वर र उपयुक्त भूमि तथा अनुदानको व्यवस्था भएकोले कृषि तथा वनजन्य उद्योग अन्तर्गत उद्योग दर्ता गर्नेको संख्या बढेको बताए । ‘चितवन आफैमा कृषिको हब र उर्वरभूमि हो, उनले भने, कृषि क्षेत्रमा स्थानीय सरकार, प्रदेश र संघीय सरकारले बढी प्राथमिकता पनि दिएको छ ।’
महिला उद्यमी झण्डै दोब्बर
तीन महिनाको अवधिमा पुरुष उद्यमी भन्दा महिला उद्यमीको संख्या झण्डै दोब्बर भएको पाईएको छ । तथ्यांक अनुसार सो अवधिमा ५५३ वटा महिला उद्यम दर्ता भएको छ भने २९२ वटा पुरुषको नाममा उद्योग दर्ता भएको छ । यसमध्ये उत्पादनमुलक उद्योगमा ६३ महिला, ५६ जना पुरुष उद्यमी ,कृषि तथा वनजन्य उद्योगमा ३८३ महिला , १९३ जना पुरुष उद्यमी,सेवामुलक उद्योगमा १०१ जना महिला उद्यमी, पुरुष उद्यमीको संख्या ४० र पर्यटनमुलक उद्योगमा ६ जना महिला उद्यमी र ३ जना पुरुष उद्यमी रहेका छन । कार्यालयका प्रमुख आचार्यले पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट व्याजदरमा थप सहुलियत उपलब्ध हुने भएकोले महिला उद्यमीको संख्या पुरुषको तुलनामा बढी भएको बताए । ‘पुरुषलाई भन्दा महिलालाई उद्योग दर्ता गर्न सहज पनि छ । सहुलियत पनि छ । उनले भने, दर्ता भएका उद्योगहरु मध्ये महिलाले उद्यम गर्ने प्रकृतिका उद्योगहरु बढी दर्ता छन ।’ अधिकांश महिलाहरुले आफ्नो नाममा उद्योग दर्ता गर्ने, कृषि तथा वनजन्य उद्योगमापनि महिलाहरुनै बढी भएकोले पनि महिलाको नाममा उद्योगहरुको संख्या दर्ता बढी भएको उनको भनाई छ ।
२२९८ जना रोजगारी थपियो
तीन महिनाको अवधिमा दर्ता भएका उद्योगमा २ हजार २९८ जना रोजगार संख्या थपिएको छ । ती मध्ये उत्पादनमुलक उद्योगमा महिला पुरुष गरी ४०५ जना, कृषि तथा वनजन्य उद्योगमा १ हजार ४८६ जना ,सेवामुलक उद्योगमा ३७६ जना र पर्यटनमुलक उद्योगमा ३१ जनाले रोजगारी पाएका छन ।
कार्यालयले यी सबै प्रकारका उद्योग दर्ता बाट १ करोड ६७ हजार रुपैंया राजश्व संकलन गरेको जानकारी दिएको छ । यी रोजगारीमा पनि महिलाहरुलेनै रोजगारी प्राप्त भएको प्रमुख यादवको भनाई छ ।
‘महिलाले दर्ता गरेको उद्योगमा महिलालाईनै प्राथमिकता र अवसर पाउंँछन । स्वतः रोजगारी पनि बढी महिलाको नै हुन्छ ।’ उनले भने कार्यालयमा उद्योगमा हाल ५ लाख देखि पांँचकरोड पूंँजी भएका उद्योगहरु दर्ता हुंँदै आएका छन । पांँच लाखभन्दा तल पूंँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछ । कार्यालयमा हाल पांँचलाख देखि २० लाख पूंँजी भएका उद्योग दर्ता गर्न १२ हजार रुपैंया, २० लाख ५० लाख पूंँजी भएका उद्योग दर्ताका लागि २० हजार , ५० लाख देखि १ करोडसम्म ३० हजार र १ करोड भन्दा माथि पांँच करोडसम्मका उद्योगका लागि ५० हजार रुपैंया दर्ता शुल्क लाग्ने गर्दछ ।