काठमाडौँ । गायिका एलिना चौहानले तिहार गीत ‘मेरो प्यारो भाइ’को म्युजिक भिडिओ सार्वजनिक गरेकी छिन् ।
विक्रम चौहानले निर्देशन गरेका ‘मेरो प्यारो भाइ’ गीतको भिडिओमा एलिनासँगै प्रतीक सुनार, समारिका ढकाल, स्मारिका ढकाल र सुगम श्रेष्ठले अभिनय गरेका छन् ।
लेखु सहयात्रीको शब्द तथा संगीत रहेको गीतमा भिषणा आचार्यको एरेञ्ज छ। प्रकाश खड्काले खिचेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन्।