चितवन । रामनाथ शर्मा (अखिल) द्वारा लिखित “मेरो जीवन मेरो कलम” नामक पुस्तकको बिमोचन भएको छ। आज शनिवार शर्माले भरतपुर ५ प्रेमबस्तीमा आफ्नो जीवन भोगाइ बारेमा रहेको पुस्तक सार्वजनिक गरेका छन् ।
लुम्बिनी प्रदेशका प्रमुख माननीय अमिक शेरचनको प्रमुख आतिथ्यमा पुस्तकको बिमोचन भएको थियो । पुस्तक सार्वजनिक गर्दै लेखक शर्माले पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे ।
पुस्तकको खण्ड ‘क’मा जीवन, व्यक्ति र व्यक्तित्व, धर्म संस्कृति, साहित्य, चित्तनको बारेमा लेखिएको छ भने खण्ड ‘ख’मा अन्य व्यक्तिले लेखकको बारेमा विश्लेषण गरिएको छ ।