चितवन । माडी नगरपालिका-५, वनटोली (राधापुर) गाउँमा घरछेउकै पोखरीमा डुबेर एक शिशुको मृत्यु भएको छ ।
बनटोली निवासी शुरेस दराई र संगिता दराईको १४ महिनाको छोरा (शिशु)को बामे सर्दै खेल्ने क्रममा आज (शुक्रबार) दिउँसो करीब २ बजे पोखरीमा डुबी दुःखद मृत्यु भएको हो ।
घरबाट नजिकै दक्षिणतर्फ पानी जम्मा गर्न बनाइएको पोखरीमा शिशु खसेका थिए । दिउँसोपख आमा निदाउँदा, बच्चा बामे सर्दै खेल्दै गर्दा सो घटना भएको बताइएको छ । घटनास्थलको मुचुल्का उठाई मृतक शिशुलाई पोष्टमार्टमका लागि भरतपुर पठाउन लागिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले जनाउनुभयो ।
माडीको राधापुरमा घरछेउकै पोखरीमा डुबेर शिशुको मृत्यु

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु