काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा रामबहादुर थापा बादलपछि सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
समितिमा संयोजकको जिम्मेवादरी बादलले पाए पनि सहसंयोजकको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् । बादलको संयोजकत्वमा व्यवस्थापन समिति बनिसकेको छ । गठित समितिको सचिवमा विष्णु रिमाललाई जिम्मा दिइएको छ ।
स्थायी कमिटीको शुक्रवार बसेको बैठकले मूल व्यवस्थापन समितिमा स्थायी कमिटीका केही नेतासहित सातै प्रदेशबाट एकएकजना प्रतिनिधि थपेर पूर्णता दिएको हो । समितिमा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसहित स्थायी कमिटी सदस्य रघुवीर महासेठ, छविलाल विश्वकर्मालाई पनि थपिएको छ ।
समितिको सदस्यमा काशिनाथ अधिकारी, भानुक्त ढकाल, यमलाल कडोल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा रहेका छन् ।