चितवन । गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–३ बाह्रघरे बस्ने एक पुरुष घाइते भएका छन् ।
आज (शुक्रबार) बिहान करिब साढे ८ बजेको समयमा गोर्खा जिल्ला बारपाक गाउँपालिका–१ स्थायी घर भई भरतपुर–३ बाह्रघरे बस्ने ६५ बर्षीय बुद्धवल गुरुङ नगरवनमा घाँस काट्न जाँदा जंगली गैंडाको आक्रमणबाट घाइते भएका हुन् ।
घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज गिरीले जानकारी दिए ।