काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । विभिन्न आरोप लाग्न थालेपछि फेसबुकले आफ्नो नाम परिवर्तन गर्न खोजेको हो ।
अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गर्ने बताइएको छ । आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुकलाई नाम परिवर्तन गर्न दबाब परेको हो । फेसबुकको नाम अब के रहने भन्ने विषयमा छलफल भइरहेको कम्पनीले जनाएको छ । – एजेन्सीबाट