चितवन । नेपाली कांँग्रेसका नेता तथा पूर्वराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाली कांँग्रेस नेतृत्वको सरकारले महत्वपूर्ण काम गर्न सफल भएको दाबी गरेका छन्।
डा महतले आज भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै सरकारले महत्वपूर्ण चारवटा उल्लेखनीय काम गरेको बताए । ‘यो सरकारले सय दिनमा चारवटा महत्वपूर्ण काम गर्न सफल भएको छ ’ महतले भने ।
१ करोड भन्दा बढीलाई खोप लगाउन सफल भएको, कोभिडबाट जनजीवन सामान्यतर्फ उन्मुख गर्न सफल बनाएको, परराष्ट्र सम्बन्ध सुदृढ बनाएको , ओली सरकारले अस्तव्यस्त बनाएको , लोकतान्त्रिक व्यवस्थालाई यो सरकारले सही मार्ग ल्याएको महतले दाबी गरे । कांँग्रेसको महाधिवेशनको प्रसंगमा बोल्दै महतले महाधिवेशन ढिलाई भएपनि चाडपर्व लगत्तै सुचारु हुने बताए । ‘हरेक कुरा छलफल र सहमति बाट निर्णय गर्नुपर्ने हुन्छ । अब ढिलाई हुदैन । महाधिवेशन सकिएलगत्तै कांँग्रेस एकीकृत भएर आम निर्वाचनमा होमिन्छ ’ महतले भने ।