भरतपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलाई भरतपुरमा सम्मान गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित नमुना कल्याणकारी टोल विकास संस्था, नमुना कृषि महिला समूह र स्वास्थ्य केन्द्र तोरीखेतले मन्त्री रेग्मीलाई सम्मान गरेको हो । उनलाई सम्मानपत्र सहित दोषाल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अबसरा बोल्दै मन्त्री रेग्मीले आफुले रोजेको खोजेको मन्त्रालय नै जिम्मेवारी पाएको बताइन् । आफू यस क्षेत्रमा लामो अनुभव पनि रहेको भन्दै अपाङ्गता भएका व्यक्ति, मृगौला तथा क्यान्सरका बिरामीहरुलाई पाँच हजार भत्ता दिने व्यवस्था अहिलेको सरकारले गरेको बताईन् ।
उनले बैंकसम्म जान नसक्नेहरुका लागि घर घरमा भत्ता पुर्याउने व्यवस्था लागु गर्न सक्दो प्रयास गर्ने समेत बताईन् । यस्तै भएका कानुन कार्यान्वयन गरेर महिला हिंसा न्यूनिकरण लागि आफू लागिपर्नेे उनको भनाई थियो । आफ्नो थातथलो र राजनीतिक पृष्ठभूमि चितवन भएकाले चितवन प्रति उनको बिशेष भूमिका रहने धारणा राखिन् ।