चितवन । नेकपा (एकीकृत समाजवादी)को चितवन जिल्ला इञ्चार्जमा कृष्णप्रसाद खनाल चुनिनुभएको छ ।
सो पार्टीको असोज ५-७ मा सम्पन्न केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ मा बसेको स्थायी कमिटीको सातौं बैठकले पार्टीका ३३५ नेताहरुको कार्यविभाजन टुङ्गो लगाउने क्रममा खनाललाई केन्द्रीय पोलिटब्युरो सहित चितवन इञ्चार्जको जिम्मेवारी दिएको हो ।
त्यस्तै चितवन जिल्ला सहइञ्चार्जमा नेताहरु पार्वती सिलवाल, चक्र रुचाल र कृष्ण पन्त चयन हुनुभएको छ । चितवनमा यसअघि नै डा. कृष्णराज पन्तको अध्यक्षतामा सो पार्टीको २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन भइसकेको छ।
बैठकले आउँदो तीन महिनाभित्र जनसंगठन सहित सबै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहहरुमा पार्टी कमिटी गठन गरिसक्न पनि निर्देशन दिएको पार्टी श्रोतले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) चितवनको जिल्ला इञ्चार्जमा कृष्णप्रसाद खनाल
नेकपा (एकीकृत समाजवादी) चितवनको जिल्ला इञ्चार्जमा कृष्णप्रसाद खनाल
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु